प्रदेश नम्बर २ को सामाजिक विकास राज्य मन्त्री माननीय अभिराम शर्मा ज्यु को अथक प्रयास बाट महोत्तरी जिल्ला को जलेश्वर अस्पताल ५० सैया मा स्तरोन्नति भयेको छ। प्रदेश सरकार ले जलेश्वर अस्पताल लाई ५० सैया को साथै बिशेष अस्पतालको रूपमा स्तरोन्नती गर्ने निर्णय गर्नु भयेको छ। कोरोना को लागि बिशेष अस्पताल जसमा ५० सैयाको आइसोलेसन , १० सैया को भेन्टिलेटर र ५ सैयाको आई सि यु हुनेछ। माननीय राज्यमन्त्री ज्यु जलेश्वर अस्पतालको अनुगमन गरि यथाशीघ्र सबै व्यवस्थापन गर्न जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजिब झा र जलेश्वर अस्पताल व्यवस्थापन सन्चालन समिति को अध्यक्ष सुरेश पान्डेय ज्यु लाई निर्देशन दिनु भयो। अनुगमनको क्रम मा जलेश्वर नगरपालिका प्रमुख राम शन्कर मिश्र ज्यु , अस्पतालको अध्यक्ष र प्रमुख ज्यु लगायत को सहभागिता रहेको थियो ।

२०७६/१२/२८
जलेश्वर